आज काठमाडौंमा युवा संघ र दुर्गा प्रसाइंँको प्रदर्शन

दार्चुला । काठमाडौंमा आज दुर्गा प्रसाइंँ समुह र नेकपा एकालेको भातृ संगठन युवा संघले प्रदर्शन गर्दैछन् । प्रसाईको समुहले बल्खुमा प्रदर्शन गर्नेछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुनेछ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफुहरुले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताउनु भएको छ ।

उता युवा संघले भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध अराजक गतिविधि बढेपछि जवाफी प्रदर्शन गर्न लागेको बताएको छ ।

यस्तै राजधानीमा दुई समुहले एक अर्कालाई लक्षित गर्दै प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?