जात्राको राती लेकमका ४ घरमा तोडफोड गरी २ लाख ६७ हजार नगदसहित गहना चोरी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा जयपुर जात्राको राती चार घरमा तोडफोड गरी २ लाख ६७ हजार नगदसहित सुनका गहना चोरी गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ बागजेबलाका चार घरमा तोडफोड गरी नगद र सुनका गहना चोरी गरिएको हो ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताका अनुसार लेकम ५ बागजेबलाका कृष्णराम लुहारको घरबाट २ लाख २६ हजार नगद, केशवराम लुहारको घरबाट २५ हजार नगद, दिलाराम लुहारको घरबाट १६ हजार नगदसहित २ आना सुनको टिकटक र कल्यानसिंह खत्रीको घरबाट रानीहार १ तोला, जुली १ जोर, ८ आना मटरदानी र ८ आना छेको चोरी गरिएको हो । घरको मुल ढोका तोडेर घरभित्र बाँकसमा राखिएका नगद र गहना चोरी गरिएको पीडित परिवारले बताएका छन् ।

मंसिर ५ गते लटिनाथ मन्दिर जयपुर जात्रा हेर्न चार वटै परिवारका सबै सदस्य घरमा ताला लगाएर मन्दिर गएका थिए । मन्दिरबाट फर्किनेबेला घरमा तोडफोड गरी चोरी गरिएको पाइएको बताइएको छ ।

चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तर अहिलेसम्म चोरीमा संलग्न कसैलाई पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?