जनताको घरदैलोमा दुहुँ गाउँपालिका अध्यक्ष बडाल नेतृत्वको टोली, सेवासंगै समस्या बुझ्दै

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा आधारभुत सेवा दिन र जनताका समस्या बुझ्न जनप्रतिनिधि र कर्मचारी सहितको टोली घरदैलो अभियानमा व्यस्त छ । ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल नेतृत्वको टोली जनप्रतिनिधि र कर्मचारीसहित घरदैलो अभियानमा लागेको हो ।

जनताका प्रत्यक्ष गुनासा सुन्न, सुझाब लिन तथा घरदैलोमै पुगेर सेवा दिने उद्देश्यसहित अभियान सञचालन गरिएको अध्यक्ष बडालले बताउनुभयो । हरेक वडाका वस्तीस्तरम्म पुगेर जनताको प्रत्यक्ष गुनासा, अपेक्षाबारे जानकारी लिइरहेको उहाँले बताउनुभयो । घरदैलो अभियान अन्तर्गत स्वास्थ्य शाखा, आयुर्वेद शाखा, विपद् शाखा, कृषि शाखा, शिक्षा शाखा, योजना शाखा र पशु शाखा कार्यालयका कर्मचारी पनि अभियानमा जनप्रतिनिधि संगै छन् ।

जनप्रतिनिधिका साथै कर्मचारीहरुले आफ्नो क्षेत्रगत अवस्थाबारे सेवाग्राहीसँग छलफल गरिरहेका छन् । अधिकांस गाउँघरमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत भइरहेको बताइएको छ । जनप्रतिनिधिहरुले कर्मचारीबाट प्रवाह भइरहेको सेवा, जनताको माग र चाहना प्राथमिकताबारे सुझाव लिइरहेको गाउँपालिका प्रवक्ता देब बहादुर बमले बताउनुभयो । मङ्सिर १ गते बाट सुरु भएको अभियान मङ्सिर १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको छ । अभियान अन्तरगत शुक्रबारसम्म वडा नम्बर ३ र ४ मा भेटघाट सकेर वडा नम्बर ५ को गरमोरामा जनतासंग भेटघाट गरिएको छ । यसपछि वडा नम्बर १ र २ मा समेत जनताको घरदैलोमा भेटघाट गरेर १२ गते अभियानको समिक्षा गर्ने दुहुँ गाउँपालिकाले जनाएको छ ।

अभियानको क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया र सुझाबहरु प्राप्त भएको गाउँपालिका अध्यक्ष बडालले बताउनुभयो । जनताका समस्या र गुनासाहरुको उचित सम्बोधन गर्नका लागि समेत पालिका प्रतिबद्ध रहेको र समस्याको प्रकृति हेरी अल्पकालिन र दिर्घकालिन ढंगले दुहुँबासीका समस्या समाधानका लागि काम गर्ने उहाँको भनाई छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?