बझाङमा पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिने असई निलम्बित

दार्चुला । बझाङमा पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिएपछि एक प्रहरी असई निलम्बित भएका छन् ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुष्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्ष अक्कल धामीलाई रमाइलोका लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए।

खुल्ला रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई सञ्चारमाध्यमहरुले मंसिर ७ गते बाहिर ल्याएका हुन्।

घटना घटेको एक महिना भएपनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियोे। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई तत्काल ६ महिनाको लागि पदबाट निलम्बन गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत बहादुर शाहले बताउनुभयो।

प्रहरीको पेस्तोल पड्काउने पूर्व गाउँपालिका अध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?