दार्चुला । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा अहिले मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।
यी चारलगायत अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको अनुमान महाशाखाले गरेको छ। बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया