सकियो आजबाट चतुर्मास र कार्तिक स्नान, विवाह तथा व्रतबन्धका साइत सुरु

दार्चुला । आज चतुर्मास र कार्तिक स्नान समापन भएको छ । वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशीमा शुरु भएको चतुर्मास कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।

यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।

चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुनेछन्।

चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।
यस्तै आज कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा परेको छ। पञ्चाङ्गमा सोमबार १९ घडी ३० पला अर्थात् दिउँसो २ बजेर २३ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ।

चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?