बैतडीको पाटनमा ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा उद्घाटन

दार्चुला । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा ग्लोबल आईएमई बैंक लिमिटेडले  नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले एक समारोहबीच हिजो आइतवार बैंकको पाटन शाखाको उद्घाटन गर्नुभएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको सङ्ख्या ३ सय ५१ पुगेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

यस्तै बैतडीको पाटन नगरपालिका ८ खोड्पे बजारमा आजदेखि ग्लोबल आइएमई बैंकले एटीएम सञ्चालनमा ल्याएको छ । डडेल्धुरा शाखा अन्तर्गतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?