दार्चुला । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको जलेश्वर नगरपालिका १२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका ७ बस्ने १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।
उनी मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया