दार्चुला । दार्चुलामा अरिङ्गालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ थाप्ला काटैका ९२ वर्षीय कल्याण सिंह सामन्त रहेका छन् ।
सामन्तलाई आज मंगलवार बिहान घरमाथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।
गम्भिर घाइते उनको उपचारका क्रममा दिउँसो चार बजे मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया