दार्चुला । डोटीमा एक युवक मृत फेला परेका छन् । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार मृत भेटिनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय समीर भट्ट रहेका छन् । मृतक भट्टको टाउकोमा चोट रहेकोले आफन्तले हत्या भएको आशङ्का गरेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया