दार्चुलामा ७ सहित सुदूरपश्चिममा ७५४ जना मात्रै सक्रिय संक्रमित

दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो।

कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा चार सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।

कैलालीमा एक हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार चार सय ९६ जना संक्रमण मुक्त भएका छन्।यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ४०, डोटीमा ५५, दार्चुलामा ७, डडेल्धुरामा ५, बाजुरमा ९, बझाङमा ७३, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?