नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने

दार्चुला । नक्कली भुटानी शरणार्थी प्रकरणमामाथि पाटन उच्च अदालतमा बहसको क्रम टुंगिएको छ ।

न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट निरन्तर सुनुवाइ भईरहेकोमा बिहीबार दुवै पक्षको बहस सकिएको हो ।

बहस टुंगिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले आज शुक्रबार आदेश आउने जानकारी दिनुभयो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गत असार १ गते काठमाडौ जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?