ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान र दुई छोरा घाइते

दार्चुला । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृतक महिलाका पति र दुई छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भीमाद नगरपालिका वडा नम्बर ९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?