कैलालीको जानकी गाउँपालिकाका नापी सर्वेक्षक भारतमा मृत फेला

दार्चुला । कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्। दश दिनअघि घरबाट औषधी उपचार गर्न भनी गएका ४१ वर्षीय रमण बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्।

उनका आफन्त महेन्द्रसिंह बमका अनुसार उनी बेला बेला उपचारका लागि भारत जाने गरेका थिए। दश दिनअघि पनि उपचारकै लागि गएका थिए । शनिवार उनको शव फेला परेको बताइएको छ ।

शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पुर्‍याइएको आफन्त महेन्द्रसिंह बमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?