सुनको मूल्य आइतबार तोलामा १ लाख २० हजार नाघ्यो

दार्चुला । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?