दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । आइतबार (आज) देखि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

मालिकार्जुनबासी नागरिकले पालिकास्थित माछापुच्छे बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको गुनासो गरेपछि पालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो । नागरिकलाई पालिकासम्म पुग्नुपर्ने बाध्यता हटाउन वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उहाँको भनाई छ ।

यसअघि पालिका केन्द्रमा रहेको माछापुच्छे« बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता चालू आर्थिक वर्षबाट वडाबाट वितरण गरिन लागेको हो । गाउँपालिकाले पहिलो चरणमा मङ्सिर १७ गते वडा नम्बर १, मङ्सिर १८ गते वडा नम्बर २, मङ्सिर १९ गते वडा नम्बर ३, मङ्सिर २० गते वडा नम्बर ५, मङ्सिर २१ गते वडा नम्बर ४, मङ्सिर २४ गते वडा नम्बर ६ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ ।

सामाजिक सुरक्षा पाउने लाभग्राही लाई सरकारले हरेक त्रैमासिकमा बैंकमार्फत भत्ता उपलब्ध गराउदै आएको छ । बैंकसम्म पुग्न नसक्ने लाभग्राहीको समस्यालाई ध्यान दिएर मालिकार्जुन गाउँपालिकाले वडाबाटै बैंक कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीको रहोबरमा भत्ता वितरण गर्न थालेको हो । वडाबाटै भत्ता दिन थालेपछि सेवाग्राहीले गाउँपालिकालाई धन्यबाद दिएका छन् ।

गाउँपालिकाले भत्ता बुझ्न आउदा आवश्यक कागजात साथमा राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?