दार्चुला । जिल्ला अस्पताल दार्चुलामा ४ महिने एक शिशुको उपचारको क्रममा ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर २ खुना भिटा बस्ने जय सिह धामीका छोरा आयुस धामीको उपचारको क्रममा ज्यान गएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
चार÷पाच दिन देखि बिरामी परेका शिशु आयुसलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जलवियोजन डाइरियाले ग्रस्त आयुसको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया