रुसी सेनामा गएका ६ नेपालीको मृत्यु

दार्चुला । रुसी सेनामा भर्ना भएका ६ जना नेपाली मारिएको पुष्टि भएको छ। युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा १, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚पुतलीबजार ५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग ६, दोलखाका राजकुमार रोका र इलाम ५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ।

सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?