दार्चुला । वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक) को लागि आवेदन फारम खुला गरेको छ ।
विभागले सोमबार सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ ।
परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइनबाटै गर्नुपर्ने सूचनामा भनिएको छ ।
विभागका अनुसार पढाइ र सुनाइ गरी दुवैको १००/१०० पूर्णांकको भाषा परीक्षा हुने छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया