दार्चुला । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
आज सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
यसअघि टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया