दार्चुला । दार्चुलामा जेठाजुबाटै कुटपिट भएकी एक महिलाको धनगढीमा उपचार भइरहेको छ । नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि मङ्सिर १५ गते जेठाजु नाता पर्ने जयराम ठगुन्नाबाटै कुटपिट भएको थियो ।

घाइते बसन्तीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । नौगाड गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहनुभएकी बसन्तीलाई जेठाजु नाता पर्ने जयरामले कुटपिट गर्दा टाउँको र अनुहारमा गहिरो चोट लागेको बताइएको छ । रातिको समयमा घरभित्र प्रवेश गरी जेठाजुले निर्धात कुटपिट गरेको पीडितको गुनासो छ ।

घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो । पीडित पक्षले जयरामविरुद्ध मङ्सिर १६ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख एबं डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला महिलामाथि कुटपिट हुनु खेदजनक विषय भएकोले तत्काल पीडकमाथि कार्वाही हुनुपर्ने महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?