श्रीमतीको हत्या गरेर श्रीमान आफै पुगे प्रहरीकोमा

दार्चुला । सल्यानमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गएराति जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ उचाल्नेमा अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आज बिहान डम्मर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले जानकारी दिनुभयो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएका छन् । हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?