दार्चुदा । दार्चुलाको खलंगामा लामो समयदेखि व्यवसाय गर्दै आएका एक जना व्यवसायी बेपत्ता भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ पिपलकोट कपिन्ना घर भएका योगेन्द्र फेन्सी स्टोरका सञ्चालक केशवराज भट्ट गएको पाँच दिनदेखी सम्पर्क विहिन भएका हुन् ।
गत सोमबारदेखि सम्पर्क विहिन भएका भट्टको फोन स्वीचअफ छ भने फेन्सी स्टोर र निवासमा ताला लगाइएको छ ।
भट्ट सम्र्पक विहिन बनेपछि उनको परिवारले खोजी कार्यमा सहयोगका लागि अपिल गरेका छन । भट्ट एक्कासी सम्पर्कविहिनले भएपछि उनको परिवार चिन्तित बनेको छ ।
कसैले भट्टलाई देखेमा नजिकको प्रहरी कार्यालय तथा परिवारलाई निम्न मोबाइल नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
विष्णुराज भट्ट –९८६५७४०३६०
योगेन्द्रराज भट्ट–९८४८४०५१७८
मधु भट्ट– ९८४८७०८५६२
सरस्वती भट्ट– ९८६१५१७०८२
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया