दार्चुला । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक जना पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा नम्बर ९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका हुन् ।
शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया