आफैले बोकेको भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु

दार्चुला । पाल्पामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालस्थित गाङसिङडाँडाका ४८ वर्षीय डम्बरबहादुर सारूको भरुवा बन्दुक पड्किदा मृत्यु भएको हो ।

घरनजिकै बारीमा रहेको फापर खान आउने दुम्सीलाई मार्न जाँदै गर्दा चिप्लिएर लड्दा आफूले भिरेको बन्दुक पड्किएर छर्राले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

गएराति ८ बजे घाइते भएका उनलाई आइतबार बिहान करिब ३ बजे रामपुर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताउनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?