एमालेको समृद्धिका लागि संकल्प यात्रा’ को टोलीले आज धनकुटामा कार्यक्रम गर्ने

दार्चुला । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली आज धनकुटा पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्न लागेको हो ।

नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु गर्दैछ । यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?