दार्चुला । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका युवक सेती नदीमा मृत फेला परेका छन् ।
पोखरा महानगरपालिकामा सेती नदीको बाँध खोलेर नदीमा पानीको बहाब बढेपछि खोजी गर्दा नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा तनहुँका १९ वर्षीय संगम मिश्रको शव फेला परेको हो ।
उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया