दार्चुला । दार्चुलाबाट काठमाण्डौँ जादै गर्दा ट्रकले ठोक्कीएर एक महिलाको मृत्यु भएको छ । छोरा भेट्न दार्चुलाबाट काठमाण्डौ जादै गर्दा कपिलवस्तुको शिवपुर नगरपालिका वडा नम्वर ५ मा बस रोकेको बेला ट्रकले ठोक्कीएर दुहुँ गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ५० वर्षीया शान्ति देवी बमको मृत्यु भएको हो ।
विहिबार (हिजो) विहान दार्चुला सदरमुकाम खलंगाबाट काठमाण्डौका लागि छुटेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा सवार बमलाई शुक्रबार (आज) विहान ७ बजेतिर सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करले घाइते हुनुभएकी बमलाई उपचारको लागि चौराहा अस्पताल वुटवल लगिएको भए पनि अस्पतालमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले पिसाब फेर्नका लागि रोकेको बेला सोही दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको बताइएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर छ । मृतक महिलाको शव चौराहा अस्पताल बुटवलबाट पोष्टमाटमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




