दार्चुला । आज देशभर विवाह पञ्चमी मनाइँदैछ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो ।
विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया