अपिहिमालको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सात करोड ४२ लाखमा ६० प्रतिशत संघीय सरकार तथा ४० प्रतिशत स्थानीय सरकारले खर्च व्यहोर्ने गर्ने गरी २०७८ जेठमा रविना प्रशंसा एलवी जेभी धनगढी कैलालीसगं ठेक्का सम्झौता भइ काम सुरु गरिएको थियो ।

अपिहिमाल गाउँपालिकाका सव–इन्जिनियर नरेन्द्र महराका अनुसार प्रशासकीय भवन निर्माणको ९० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । भवनमा १० प्रतिशत काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको चैत्र मसान्त भित्रै काम सम्पन्न गरी अगामी बैशाख १ गतेबाट अपिहिमाल गाउँपालिकाको कामकाज नयाँ भवनबाटै सञ्चालन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

सडकमार्गको पहुँच नपुगेको अपिहिमालको केन्द्रमा गुणस्तरीय भवन निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?