महाकाली करिडोरले गति लिने, ९० करोड रुपैयाँ बजेट स्वीकृत

दार्चुला । कञ्चनपुरदेखि दार्चुलाको तिङ्कर जोड्ने राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको महाकली करिडोरमा अर्थमन्त्रालयले ९० करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

न्यून बजेटका कारण ढिलो गतिमा अघिबढेको महाकाली करिडोरमा पर्याप्त बजेट बिनियोजित गर्न चार जिल्लाका सांसाद्हरुले दबाव दिएपछि अर्थमन्त्रालयले ९० करोड रुपैयाँ बजेट स्वीकृत गरेको हाे ।

बहुवर्षिय ठेक्काका लागि आयोजनाले मन्त्रालयमा एक अर्ब रुपियाँ प्रस्ताव गरेको थियो । आयोजनाको प्रस्ताव अनुसार कञ्चनपुर, बैतडी र दार्र्चुलाका संघीय सांसद, प्रदेशसभा सदस्य र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले बजेट स्वीकृत गर्न मन्त्रालयमा दबाव दिएका हुन् ।

महाकाली करिडोरमा बजेट स्वीकृत गराउँन दार्चुलाबाट निर्वाचित सांसद् गणेश ठगुन्ना, बैतडी जिल्लाबाट निर्वाचित संघीय सांसद् दामोदर भण्डारी, कञ्चनपुरबाट निर्वाचित सांसद् डा. दीपकप्रकाश भट्ट, , सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्ट र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बजेटका कारण आयोजनामा ढिलासुस्ती भएको भन्दै मन्त्रालयमा दबाव सिर्जना गरेका थिए ।

कञ्चनपुरको ब्रम्हदेवबाट डडेल्लधुरा, बैतडीहँुदै दार्चुलाको खलंगासम्म दुई सय ९१ किलोमिटर सकड रहेको छ ।

कञ्चनपुरमा ११, डडेल्धुरामा ५८, बैतडीमा एक सय ४४ र दार्चुलामा ७८ गरि कुल दुई सय ९१ किलोमिटर सडक मध्ये सबैभन्दा बढी हिस्सा बैतडीमा पर्दछ । तर, न्यून बजेट हुँदा २०७२ र २०७३ देखि २०७७ साल सम्म आईपुग्दा डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५८ र दार्चुलामा २० गरि जम्मा ८९ किलोमिटर मात्र सडकको ट्रयाक खुलेको छ ।

२०६५ र २०६६ मा सुरु भएको महाकाली करिडोरकै दार्चुला खलंगाबाट तिङ्करसम्मको एक सय ३४ किलोमिटर मध्ये हालसम्म नेपाली सेनाले ८७ र आयोजनाले ४३ किलोमिटर गरि एक सय ३० किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।

२०६५ र २०६६ मा दार्चुलाको खलंगाबाट तिङ्कर जोड्न सडक निर्माणको काम सुरु भएको थियो । त्यसपछि २०७२ र २०७३ मा कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला खलंगासम्मको दुई सय ९१ किलोमिटर सर्भे भएर काम सुरु भएको थियो ।

यसअघि न्यून बजेट हुँदा करिडोरले गति लिन नसकको आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।

कञ्चनपुुरदेखि दार्चुलाको तिङ्करसम्म सडकको कुल लम्बाई चार सय २५ किलोमिटर रहेकको छ । करिडोरको दार्चुला खलंगाबाट तिङ्करसम्मको एक सय ३४ किलो मिटर मध्ये हालसम्म एक सय ३० किलोमिटर र डडेल्धुरा, बैतडी र दार्चुलामा ८९ किलोमिटर गरि दुई सय १९ किलोमिटर ट्रयाक खुलेको महाकाली करिडोर, दार्चुला–तिङ्कर सडक आयोजनाका ईञ्जिनियर दिनेश रैखोलाले बताउनुभयो । करिडोरमा अहिलेसम्म एक अर्ब ४४ करोड रुपियाँ खर्च भईसकेको उहाँले बतानुभयो ।

११ मटिर चौडाई रहेको मकहाली करिडोरमा अहिले ३२ करोड रुपियाँको ठेक्कामा बैतडी र डडेल्धुरामा काम भईरहेको छ ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको लाइफलाईनका रुपमा रहेको महाकाली करिडोका लागि चालूआर्थिक वर्षमा अर्थ अर्थमन्त्रालयले ९० करोड रुपियाँ बजेट स्वीकृत गरेपछि बहुवर्षिय ठेक्का आह्वन गरेर द्रूत गतिमा काम अघि बढ्ने करिडोरका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?