दार्चुला । बोका चोरेको आरोपमा गुल्मीमा २ जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिनुभएको थियो।अनुसन्धानका क्रममा प्रहरीले दुबै जनालाई गुल्मीदरवार गाउँपालिका(१ बाट नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया