दार्चुलामा एक नाबालकसहित दुई फरार प्रतिवादी पक्राउ

दार्चुला । दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । लुकिछिपी बसेको सूचनाको आधारमा सोमबार महाकाली नगरपालिका वडा नम्बर ४ का प्रेमसिंह बुढाथोकी र लेकम गाउँपालिका वडा नम्बर १ का एक नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने नाबालकलाई चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो ।

पक्राउ परेका दुवै जनालाई मंगलबार कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?