दार्चुला । एक पुरुषलाई परिबन्दमा पारेर १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला अदालत दाङले डेढ वर्ष कैद सजाय सुनाएको छ ।
दाङका एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोप लागेका तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।
अदालतले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैदसँगै १५ हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपैयाँको फैसला भएको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
२०७८ असोज ३ गते पक्राउ परेका उनीहरुले ती पुरुषसँग ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनीहरुले उक्त पुरुषबाट १ लाख नगद र १७ लाख रुपैयाँको चेक बुझेका थिए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुर अभियोग लगाइएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया