तिंकर सडकको अनुगमनमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली आउदै

दार्चुला । दार्चुला तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली दार्चुला आउदैछ । तुषरपानी–कोठाधार–तिंकर सडक खण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य. दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिब केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेल लगायतको टोली दार्चुला आउन लागेको हो ।

आज विहान सासंद बडूसहितको टोली काठमाण्डौँस्थित त्रिभूवन बिमानस्थलबाट दार्चुलाका लागि नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमार्फत प्रस्थान गरिसकेको र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा तिंकर सडक अनुगमन गर्ने तयारी रहेको सासंद बडूको सचिवालयले जनाएको छ । मन्त्री ज्वाला नेतृत्वको टोली सडक अनुगमनमा आउन लागेको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो ।

हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त सडक निर्माण कार्य समयबद्ध योजना बनाइ तदारुकताका साथ छिटो निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिएको बताइएको छ ।

तस्बिरः सासंद दिलेन्द्रप्रसाद बडूको सचिवालय

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?