मदिरा प्रतिबन्धित लेकमबाट अवैध मदिरा बरामद

दार्चुला । मदिरा निशेधित क्षेत्र दार्चुलाको लेकम गाउँपालिकाबाट अवैध मदिरा बरामद गरिएको छ । लेकम गाउँपालिकाको ऐरपालीबाट ३७ बोतल रम र २३ बोतल ह्विस्की गरी ६० बोतल र लेकम ६ सिरोडाबाट १ बोतल खुकुरी रम र ५२ क्वाटर (भर्जिन, जलजला सौफी र ओरेन्ज) अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधवार इलाका प्रहरी कार्यालय लाली र इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा उक्त मदिरा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मदिरा प्रतिबन्धित क्षेत्र भएपनि अवैध रुपमा लेकम गाउँपालिकाभरी मदिरा बिक्तिवितरण हुने गरेको गुनासो आउने गरेको छ ।

मदिरा नियन्त्रणमा प्रहरी लगायत सरोकारवाला सबै सक्रिय रुपमा लाग्नुपर्ने आवश्यकता रहेको अगुवा महिलाहरुको भनाई छ । मदिराका कारण महिला हिसां, घरेलु हिसां र झैझगडा तथा दुर्घटनाको जोखिम बढी हुने भएकोले मदिरा नियन्त्रण आवश्यक रहेको हरिना बिष्टले बताउनुभयो । मदिराले स्वास्थ्य र समाज दुबै क्षेत्रमा नकारात्मक असर गर्ने भएकोले यसको नियन्त्रणमा सबै सक्रिय बन्नुपर्ने प्रहरी अधिकारीहरु बताउछन् ।

लेकममा नेपाली र भारतीय दुबै देशबाट लुकिछिपि आयात हुने मदिराको अबैध कारोबार हुने गरेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?