महाकाली नगरपालिकाको १३ औं नगरसभा सम्पन्न, आवधिक योजना पारित (निर्णयहरु)

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको १३ औं नगरसभा शनिबार (आज) सम्पन्न भएको छ । महाकाली नगरकार्यपालिकाको कार्यालय खंलगामा पुस ४ गते उद्धघाटन गरिएको नगरसभा आज पञ्चवर्षिय आवधिक योजना पारितसहितका विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

महाकाली नगरपालिकाको १२ औँ नगरसभाले पारित गरेको नीति, कार्यक्रमलाई निरन्तरता दिने र केही थप महत्तपूर्ण विषयमा निर्णय गर्दै १३ औँ नगरसभा सम्पन्न भएको महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिरले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको छ । १३ औँ नगरसभाले टुहुरा बालबालिकाको अभिलेख व्यवस्थापन गरी निःशुल्क शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बेसहारा आमाबुबाको साहारा नगरप्रमुख कार्यक्रम अन्तरगत विगतदेखि राशन दिदै आएकोमा अब ८० वर्षमाथिका बृद्धबृद्धाको अभिलेख व्यवस्थित गर्दै लुगाकपडा र बसाँइ व्यवस्थापनमा समेत नगरपालिकाले सहयोग गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाभित्र प्लाष्टिकजन्य पदार्थ न्यूनिकरण गर्ने नीति अबलम्बन गर्ने र निकट भविष्यमा प्लाष्टिकमुक्त नगर बनाउने, डुङरी जलविद्युत आयोजना पुनः सञ्चालन गर्नका लागि विस्तृत अद्ययन प्रतिवेदन तयार गर्ने, खलंगाको खानेपानी सुद्धता र व्यवस्थापनका लागि मिनिरल वाटर प्लाण्ट तयार गर्ने निर्णय गरिएको छ ।

महाकाली नगरपालिकाको शैक्षिक तथा खेलकुद व्यवस्थापन अन्तरगत अद्ययन र खेल क्षेत्रमा प्रतिभा हुदाहुदै आर्थिक कारणले अघि बढ्न नसकेकाहरुलाई सहयोग गर्न छात्रबृत्ति कोष स्थापना गरी कार्यान्वयनमा ल्याउने निर्णय समेत गरिएको छ ।

महाकाली नगरपालिका कार्यालय तथा निर्माण हुन बाँकी वडा कार्यालय भवन निर्माणका लागि जग्गा खोजि गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

महाकाली नगरपालिकाको आन्तरिक आय अभिबृद्धिका कृषि क्षेत्रमा दुध, माछा, मासु, तरकारी खेतीको व्यवसाय अभिबृद्धि गर्न कार्ययोजना बनाउने निर्णय समेत गरिएको छ ।

उक्त नगरसभा बैठकमा पहिलो चौमासिकमा काम नभएका केही योजना कार्यक्रमको बजेट संसोधन, कार्यपालिकाले गरेका निर्णय अनुमोदन र पञ्चवर्षिय आवधिक योजनाको प्रस्तुतिकरणसंगै पारित गरिएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताउनुभयो ।

पुर्वाधार विकाससंगै शिक्षा क्षेत्रको विकास समृद्धिको आधार भएकोले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो ।

सायद ७ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद २ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद ५ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू र भिड को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?