शैल्यशिखरको भूमिराज माविमा तीन सातादेखि तालाबन्दी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा रहेको भूमिराज माद्यमिक विद्यालय तौकीमा तालाबन्दी गरिएको तीन साता वितेको छ । मावि तौकीमा गत मंसिर १७ गतेबाट गरिएको तालाबन्दि अझै नखुल्दा पठनपाठन प्रभावित बनेको छ ।

विद्यार्थीहरुका समस्या समाधानको लागी विद्यालयका सम्बन्धित निकायहरुसंग समस्या राख्नको लागी पटक–पटक प्रयास गर्दा पनी विद्यालयका प्रद्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवालाहरुले वेवास्था गर्दा विद्यालयमा अध्ययनरत ३०० जना विद्यार्थीको भविष्य अन्धकारमा परिरहेको विद्यार्थी बल्देब भट्टले बताउनुभयो । यस विषयमा विद्यालयका प्रद्यानाध्यापक हरीना भट्टलाई बुझदा विद्यालयको ताला खोल्न पहल गरिरहेको बताउनुभयो ।

यता विद्यार्थीहरुले भने प्रद्यानाध्यापकले पटक पटक सो कुरा दोहेर्याउदै आएको भन्दै राजीनामा माग गर्न थालेका छन् । लामो समयसम्म विद्यालयको तालाबन्दी नखुल्दा पठन–पाठन प्रभावित भएको छ । आफुहरु (विद्यार्थी) का समस्या समाधान गर्न सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने विद्यार्थीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?