दार्चुलाका मिनीसिंह डडालको क्रोसियामा मृत्यु, परिवार शोकमा

दार्चुला । दार्चुलाका मिनीसिंह डडालको क्रोसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि सन् २०२२ मा क्रोसिया जानुभएका डडालको बिल्डिङ कन्स्ट्रक्सनको काम गर्ने बेला लडेर ज्यान गएको हो । गत मंसिर २३ गते भवनमा काम गर्ने बेला लडेर घाइते भएका डडालको उपचारको क्रममा पुस ४ गते मृत्यु भएको हो ।

नौगाड गाउँपालिका वडा नम्बर १ जात्रा घर भएका ४७ बर्षीय मृतक डडालको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । भएको जमिन समेत बिक्री गरेर श्रीमतीको उपचार गरि धन कमाउन विदेश गएका डडाल उतै अस्ताएपछि परिवार बिचल्लीमा परेको छ । डडालको मृत्युको खबरले परिवार शोकमा डुबेको स्थानीय आनन्द डडालले बताउनुभयो ।

शव नेपाल पठाउन नेपाली दुतावास भियनासित कुरा भइरहेको बताइएको छ । मृतकको परिवारका तर्फबाट शव नेपाल पठाईदिन भनेर मन्त्रालयमा निवेदन दिइएको छ । परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदुतावास भियनालाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरिसकेको बताइएको छ।

भियना दुतावास क्रिसमसका कारण मंगलबारसम्म बन्द भएकोले अहिले कुनै आधिकारिक जवाफ नआएपनि राजदुत भरत कुमार रेग्मी र द्धितिय सचिव युवराज लामा लगायत अन्य कर्मचारीसित मौखिक कुरा भइरहेको बताइएको छ । दुतावासले NRNA, CROATIA लाई power of authority दिएपछि विगतका अरु शवहरु पठाउदाको प्रक्रिया झै पठाउन प्रयास भइरहेको क्रोसियामा कार्यरत नेपालीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?