हिटर र आगो बालेर सुतेका पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु, श्रीमती बेहोस

दार्चुला । काभ्रेपलान्चोकमा एक पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ। जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?