दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज स्थानीय रणबिर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो ।

आगलागीमा परि रन्बिर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो । विजुली सर्ट भइ आगलागी भएको उहाँले बताउनुभएको छ ।

घटनास्थलमा होपरीगाड प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?