लेकममा अध्यक्षसंग ज्येष्ठ नागरिकः ४०१ जनाको उपचार, २४७ बृद्धबृद्धालाई कम्बल वितरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पुस ७ गते शनिबारबाट सुरु भएको अध्यक्षसंग ज्येष्ठ नागरिक उपचार कार्यक्रम बुधबार (आज) सम्पन्न भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई बिशेषज्ञ चिकित्सक मार्फत उपचार सेवा तथा स्वास्थ्य सम्बन्धि परामर्श शिविर सम्पन्न भएको हो ।

जेष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै ८० बर्षभन्दा माथिका सामाजिक सुरक्षा भत्ता पाप्त गर्ने नागरिकहरुलाई न्यानो एक एक वटा कम्बल बितरण समेत गरिएको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । पालिकाभरीका ४०१ जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको र ८० बर्षमाथिका २४७ जना बृद्धबृद्धालाई न्यानो कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।

पुस ७ गते वडा नम्बर ५ र ६ का ७३ जनालाई रिठाचौपाता स्वास्थ्य चौकीमा कम्बल वितरण र ९८ जना जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको थियो । ८ गते वडा नम्बर ४ खरकडामा ४५ जनालाई कम्बल वितरण र ८९ जनाको स्वास्थ्य उपचार गरिएको थियो । १० गते वडा नम्बर ३ लाली स्वास्थ्य चौकीमा ३५ जनालाई कम्बल वितरण र ६४ जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको थियो । ११ गते बुधबार सर्मोली स्वास्थ्य चौकीमा वडा नम्बर १ र २ का ९५ जनाको कम्बल वितरण र १५० जनाको स्वास्थ्य उपचार गरिएको बताइएको छ ।

एमबिबिएस डाक्टर लक्ष्मण थापाद्धारा स्वास्थ्य परीक्षण गरिएको हो । भने चारवटै स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्ष रामदत्त जोशी लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा बृद्धबृद्धालाई कम्बल वितरण गरिएको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखरचन्द्र ओझाले बताउनुभयो । अध्यक्षसंग ज्येष्ठ नागरिक उपचार कार्यक्रमको थप जानकारीसहितको रिपोर्ट रेडियो लोकदर्पण र लोकदर्पण टिभी फेसबुक पेजमार्फत विहिबार (भोली) हेर्न र सुन्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?