दार्चुला । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा मृत्यु भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो ।
गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ः४० बजे अस्पताल पुर्याएकोमा १ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिनुभयो ।
शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले जानकारी दिनुभयो।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया