दार्चुला । दार्चुलामा लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षिय अशोक सिह धामीको सडकबाट लडेर आज विहान मृत्यु भएको हो ।
शुक्रबार विहान ९ बजेको समयमा सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गदैँ आएका धामीको सडकबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृत्तक धामी सडकबाट करिब ५ सय मिटर तल खसेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया