सुदूरपश्चिममा आज पुसे १५ पर्व मनाइँदै

दार्चुला । आज पुस १५ गते। दार्चुला, बैतडीसहित सुदूरपश्चिम प्रदेशमा ‘ठूली रात’ अर्थात् ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड , कन्दमूल ,  फर्सि लगायतका मीठा खानाका परिकार बनाएर खाने प्रचलन छ।

पुसे प्रन्धमा गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ। यस्तै, तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ। पुसे प्रन्धमा गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ। कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने स्थानिय संस्कृतिका जानकारहरु बताउँछन् ।

सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ। पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको बुढापाकाहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?