दार्चुला । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धन र एमालेसँग पनि छलफल गर्ने भएको छ ।
तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ। उहाँले एमालेलाई कति सीट दिने भन्ने विषयमा नटुंगिएको बताउनुभयो ।
माघ ११ गते २० सीटका लागि हुने निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेका हुन् ।नेपाल प्रेस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया