दार्चुला । डोटीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया