गठबन्धनका चार दलबीच राष्ट्रियसभा निर्वाचनको सीटमा भागबण्डा मिल्यो

दार्चुला । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाको सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डाको टुंगो लगाएको हो ।

सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएको छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक९एक सीट दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?