दार्चुला । इलाममा बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका वडा नम्बर ६, बिहीबारेका दिलकुमार राईले गए राति छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिनुभयो ।
३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया