दार्चुला । अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजकसमेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् । यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन भएका छन् भने कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधबार अधिवेशनको उद्घाटन गरेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया